Saturday, August 8, 2009

धर्म डाँडा शेर्पा समाजको प्रथम बैठ्क सम्पन्न















काठमाणडौ अगस्त ९, धर्म डाँडा शेर्पा समाजको प्रथम नियमित बैठक प्रमुख एजेण्डाहरु माथि छ्लफल गरि सम्पन्न भएको छ। समाजको अध्यक्ष श्री छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न् सो बैठकमा उक्त समाजको स्थानिय भाषामा राखिने नाम बारे बिस्त्र्ति छ्लफल भयो। धर्म डाँडालाई स्थानिय भाषामा "फाईन रि" अर्थत धर्म गरिने डाँडा भनिन्छ। त्यसै अनुसार नै यस साँस्थाको नाम त्यस क्षेत्रमा सामुहिक रुपमा परिचित त्यस धर्म डाँडा लाई स्थानिय शेर्पा भाषामा 'फाईन रि शेर्वि किदुग' खस भाषामा 'धर्म डाँडा शेर्पा समाज' र अङग्रेजी भाषामा 'धर्म हील शेर्पा कम्युनिटी' राखने निर्णय भएको हो। शेर्पाहरु प्रया: जसो हिमाली क्षेत्रमा बसोबास गर्ने भएकोले आ-आफ्नो क्षेत्रमा रहेको अग्लो डाँडालाई कूल देवताको रुपमा मानिने प्रचलन रहि आएको छ। जस्तै खुम्बुको खुन्जुङग क्षेत्रमा 'खुम्बि-ला', गोरा टाप्टिङ र वखलढुङगा क्षेत्रका शेर्पाहरुको 'पि के रि' यस्तै कुरिमा क्षेत्रको फा-ईन री' यस्तै अन्य प्रया सबै क्षेत्रको शेर्पा क्षेत्रहरुमा रहेको छन। जहाँ बार्षिक रुपमा सामुहि पूजा आज गरिन्छ र लुङता दर्च्यो लागाईन्छ सबैले त्यस क्षेत्रलाई सुरक्षित र सफा सँग राखने गरिन्छ।
यसै गरि समाजको सदस्यहरु बनाउने पहलमा साधारण सद्स्यको लागी बार्षिक रु एक हजार, आजिबन सद्स्यको लागी रु पन्ध्र हजार, संरक्षक सद्स्यको लागी रु तीस हजार र अन्य क्षेत्रको तथा जातीहरुलाई मानर्थ सद्स्य बनाउने निर्णय पनि सर्व सम्मत बाट पारित भयो।यसै गरि सँस्थापक तथा साधारण सद्स्यहरुबाट उठेको करिव रु. एक लाख असि हजार रुपैय अध्यक्ष, कोषाध्यक्ष र महा- सचिवको सामुहिक हस्तक्षर चल्ने गरि साँस्था दर्ता पछि खाता खोल्ने निर्णय भयो।साँस्थाको मूल उद्देश्य भनेको आफ्नो गाँउ ठाउँको बिकास नै भएकोले निकट भबिस्यमा नै गाँउमा समेत समिति गठन गरि ब्यवस्थित तरिकाले शाखा कार्यलय स्थापना गर्ने निर्णय भयो। कार्यलयको लागी त्यस क्षेत्रबाट सबैको पहुँचलाई सरल हुने गरि तथा सँचार र बिधुतिय उर्जा र उपकरणहरुको सुबिधा समेत ध्यनमा राखी साँस्थापक अध्यक्ष श्री छिरिङ तेन्जिङ् शेर्पाको कुरिमा स्थित घरमा शाखा कार्यलय राखिने निर्णय भयो। जस्को लागी अध्यक्षबाट आवस्यक परेको बेला फोन प्रयोग गर्न सकिने र कार्यलय प्रयोजनको लागी एक थान कम्प्युटर दिने प्रतिबद्धता पनि दिनु भयो।'झा- स क्षे च्यु छोक्पा'को हलमा सम्पन्न सो बैठक एक महिना पछि पुन बस्ने निर्णय गर्दै उपास्थित सबै कार्य समितिको सदस्यहरुलाई अध्यक्षज्यू बाट धन्यबाद दिँदै पुन अर्को महिना भेट हुने बाचाको साथ बैठ्क समाप्त भएको घोषणा भयो।
शेर्पा वर्ल्ड डट कम् को लागी तस्बिर- सर्कि शेर्पा (चित्रे)

No comments:

Post a Comment